सुध्रिएन ‘मुन्द्रेको कमेडी क्लब’को स्क्रिप्ट, अझै भेटिएन हाँस्ने ठाउँ

सुध्रिएन ‘मुन्द्रेको कमेडी क्लब’को स्क्रिप्ट, अझै भेटिएन हाँस्ने ठाउँ

हाँस्य कलाकार जितु नेपाल र निर्देशक दिनेश डीसीको टिमले तयार पारेको ‘मुन्द्रेको कमेडी क्लब’को तेस्रो भाग प्रशारण भएको छ । पहिलो भाग प्रशारण भएपछि हामीले ‘हाँस्ने कहाँ हो’ भनेर प्रश्न सोझ्याएका थियौँ  

तर, तेस्रो भागसम्म आइपुग्दा पनि यो कमेडी शोमा हाँस्ने ठाउँ फेला पार्न मुस्किल भएको छ । अध्यक्ष पदमा रहेकी नायिका प्रियंका कार्कीले समेत हाँस्ने ठाउँ फेला नपारेको शो हेर्दा प्रष्ट हुन्छ । 

शोमा न त जितु नेपालले नै दर्शकलाई हँसाउन सकेका छन्, न त प्रस्तुति दिने अरू कलाकारले नै । विशेष गरि, योमा प्रस्तुत हुने कमेडीको स्क्रिप्ट निकै फितलो छ । जसका कारण, शोको पुरा अवधि दर्शकलाई बाँधेर राख्न सकेको देखिँदैन । 

‘मुन्द्रेको कमेडी क्लब’ एउटा नाम चलेको शो हो । यसैले, यो शोलाई लिएर दर्शकमा जुन खालको उत्साह हुनुपर्ने हो, युट्युबमा देखिएको दोस्रो र तेस्रो शोजको भ्यूजले पनि त्यो पुष्टि गर्न सक्दैन । 

शोमा प्रस्तुत भएका कमेडी नेतालाई नै व्यङ्ग्य गरिएका बासी स्क्रिप्टबाट चलिरहेका छन् । जसले गर्दा, दर्शकलाई वास्ता लाग्न छाडेको कमेडीबाट जितु नेपाल र उनको टिमले मनोरञ्जन दिन सकिरहेको छैन । आशा गरौँ, आगामी शोजमा जितु र उनको टिमले स्क्रिप्ट बुलन्द बनाउनेछ ।