भारतमा फेरि कोरोना सङ्क्रमित बढ्दै, सचेत रहन डब्ल्यूएचओको आह्वान

भारतमा फेरि कोरोना सङ्क्रमित बढ्दै, सचेत रहन डब्ल्यूएचओको आह्वान

काठमाण्डौ । भारतमा फेरि कोरोनाका सङक्रमित बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा तीन हजार ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो पाँच महिनापछि एकै दिन तीन हजारभन्दा धेरैको सङख्यामा सङ्क्रमण पुष्टि भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । गएको बुधबार तीन हजार सङ्क्रमित फेला परेका थिए । महामारी कम भएसँगै गएको अक्टोबर २८ तारिखमा सबैभन्दा धेरै दुई हजार दुई सय आठ जनामा सङ्क्रमण देखिएको थियो । अहिले भारतमा १५ हजार २ सय ८ जना सक्रिय सङक्रमित रहेका छन् ।

केन्द्र सरकारले स्वास्थ्य तथा मातहतका निकायलाई सम्भावित महामारीको सामनाका लागि तत्काल समीक्षा गर्न तथा रोकथामका आवश्यक उपाय अवलम्बन गर्न निर्देशन दिएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले पनि कोरोना महामारीको सम्भावित नयाँ चरणलाई दृष्टिगत गरी खोपको पहुँच बढाउन तथा सावधानी अपनाउन आह्वान गरेको छ ।