शुक्रबारको तुलनामा आज नेपाली रुपैयाँ बलियो, कुन देशको कतिमा हुँदैछ किनबेच ?

शुक्रबारको तुलनामा आज नेपाली रुपैयाँ बलियो, कुन देशको कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । आज शनिबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर कायम गरेको छ । बैंकका अनुसार आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ १७ पैसा र बिक्री दर १३१ रूपैयाँ ७७ पैसा तोकिएको छ । युरो एकको खरिद दर १४२ रूपैयाँ ७७ पैसा र बिक्री दर १४३ रूपैयाँ ४२ पैसा कायम छ ।

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ २२ पैसा र बिक्री दर १६२ रूपैयाँ ९६ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४३ रुपैयाँ ३ पैसा र बिक्री दर १४३ रुपैयाँ ६८ पैसा कायम छ । त्यसैगरी, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८७ रुपैयाँ ८२ पैसा र बिक्री दर ८८ रुपैयाँ २२ पैसा रहेको छ ।