पञ्जाबद्धारा कोलकोता ७ रनले पराजित

पञ्जाबद्धारा कोलकोता ७ रनले पराजित

धनगढी । इण्डियन प्रिमियर लिग आइपिएल अन्तर्गत पञ्जाब किंग्सले विजयी शुरुवात गरेको छ । शनिबार सम्पन्न खेलमा पञ्जाबले कोलकोता नाइट राइडर्सलाई डक वर्थ लुइस नियम अनुसार ७ रनले पराजित गरेको हो ।

पञ्जाब्ले दिएको १९२ रनको लक्ष्य पछाएको कोलकोताले १६ ओभरमा ७ विकेट गुमाउदै १४६ रन बनाएपछि खेल बर्षाले रोकिएको थियो । त्यसपछि खेल हुन नसकेपछि डिएल मेथड अनुसार पञ्जाब ७ रनले विजयी भएको थियो । कोलकोताका लागि आन्द्रे रशेलले ३५, वेंकटेश अय्यरले ३४, कप्तान नितिश राणाले २४ र रहमनुल्लाह गुर्बाजले २२ रन बनाएका थिए ।

त्यस्तै पञ्जाबका बलर अर्शदीप सिंहले ३ विकेट लिए भने साम कुरान, नाथन इलिस, सिकन्दर राजा र राहुल चाहरले एक एक विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पञ्जाब किंग्सले २० ओभरमा ५ विकेट गुमाउदै १९२ रन बनाएको थियो ।

पञ्जाबका लागि भानुका राजपक्षेले ५० रन बनाए भने कप्तान शिखर धवनले ४०, साम करणले अविजित २६ रन बनाएका थिए ।त्यस्तै ओपनर प्रभिसिमरन सिंहले २३, जितेस शर्माले २१, सिकन्दर राजाले १६ रन र शाहरुख खानले अविजित ११ रन बनाए । 

त्यसैगरी कोलकोताका बलर टिम साउथीले २ विकेट लिए भने उमेश यादव, सुनिल नारन र वरुण चक्रवर्तीले एक एक विकेट लिए । योजितपछि पञ्जाबले २ अंक हासिल गरेको छ  ।