आईपीएलमा लखनउ सुपर जायन्ट्सको विजयी सुरुवात

आईपीएलमा लखनउ सुपर जायन्ट्सको विजयी सुरुवात

काठमाडौं । १६औं संस्करण इन्डियन प्रमियर लिग (आईपीएल)मा लखनउ सुपर जायन्ट्सले विजयी सुरुवात गरेको छ। तीव्र गतिका बलर मार्क उडको धातक बलिङमा लखनउले दिल्ली क्यापिटल्सलाई ५० रनले पराजित गर्‍यो। 

जितका लागि १९४ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४३ रन मात्रै बनाउन सक्यो।

दिल्लीका कप्तान डेविड वार्नरले ४८ बलमा ७ चौकासहित सर्वाधिक ५६ रनको अर्धशतीय इलिङ खेले। राईली रउसोले ३० तथा पृथ्वी शाले १२ रन बनाए। 
लखनउका लागि मार्क उडले ५ विकेट लिए। यस्तै, आवेस खान र रवि बिस्नोइले समान २–२ विकेट लिए। 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १९३ रन बनाएको थियो।

लखनउका लागि ओपनर कायल मेयर्सले ३८ बलमा २ चौका र ७ छक्काको सहयोगमा ७३ रन बनाए। निकोस पुरनले २१ बलमा २ चौका र ३ छक्कासहित ३६ रन बनाउँदा कुर्नाल पाण्ड्याले १३ बलमा अविजित १५ रन बनाए।

आयुष बदोनी ७ बलमा १८ रन बनाए। दिपक होडाले १७ तथा मार्कुस स्टोईनसले १२ रन बनाए। 

दिल्लीका लागि खलिल अहमद र चेतन साकरियाले समान २/२ तथा अक्षर पटेल र कुलदिप यादवले समान १र१ विकेट लिए। 

जितसँगै २ अंक बनाएको लखनउ शीर्ष स्थानमा रहेको छ। पराजित दिल्ली अंकविहीन हुँदै छैटौं स्थानमा छ।