चलचित्र पत्रकार संघले जारी गर्‍यो १२ बुँदे धुलिखेल घोषणापत्र

चलचित्र पत्रकार संघले जारी गर्‍यो १२ बुँदे धुलिखेल घोषणापत्र

चलचित्रको विधामा सक्रिय पत्रकारहरुको संगठित संस्था चलचित्र पत्रकार संघ नेपालले १२ बुँदे ‘धुलिखेल घोषणापत्र’ सार्वजनिक गरेको छ । धुलिखेलस्थित इको रिसार्टमा आइतबार विहान आयोजना भएको ‘नीति तथा परामर्श भेला’मा सहभागी संघका पूर्व अध्यक्षहरु, विभिन्न समितिका संयोजक तथा सदस्यहरुबाट प्राप्त सल्लाह(सुझावअनुसार संघले १२ बुँदे घोषणापत्र जारी गरेको हो ।

घोषणापत्रमा संघीय तथा प्रदेश सरकारले पत्रकारितासँग सम्बन्धित संघ संस्थालाई हरेक वर्ष दिँदै आएको अनुदान रकम चलचित्र पत्रकार संघलाई पनि उपलब्ध गराउनुपर्ने, श्रमजीवी पत्रकार ऐनले पत्रकारका लागि तय गरेको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्नुपर्ने, चलचित्र पत्रकारको स्वास्थ्य र दुर्घटना वीमाको व्यवस्थाका लागि संघीय सरकार र प्रदेश सरकारसँग माग गर्ने उल्लेख छ ।

त्यस्तै, संघको विधानमा दुईजना केन्द्रीय सदस्यमा मनोनित गर्ने प्रावधानअनुरुप धुलिखेलमा सम्पन्न पूर्ण बैठकले केन्द्रीय सदस्यमा ध्रुवराज न्यौपानेलाई मनोनित गरेको छ । उनी चलचित्र पत्रकार संघ दाङ शाखाका पूर्व अध्यक्ष समेत हुन् । नीति तथा परामर्श सभामा संघका अध्यक्ष समीर बलामीले चलचित्र पत्रकारको क्षमता अभिवृद्धिका लागि अब नियमित कार्यशाला गर्ने बताएका छन् ।

यस्तो छ घोषणा पत्र :-

fja