आईपीएलमा राजस्थानको विजयी सुरुआत

आईपीएलमा राजस्थानको विजयी सुरुआत

धनगढी । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले विजयी सुरुआत गरेको छ । आज भएको खेलमा राजस्थानले सनराईजर्स हैदरावादलाई ७२ रनले पराजित गरेको हो । 

हैदराबादमा भएको खेलमा राजस्थानले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ५ विकेट गुमाएर २०३ रनको विशाल योगफल तयार पारेको थियो । हैदरावादका कप्तान सन्जु सामसनले ५५ रन बनाए । उनले ४ छक्का र ३ चौका प्रहार गरे ।

यसैगरी यसस्वी जयसवाल र जोस बटलरले ५४–५४ रनको अर्धशतकीय पारि खेले । जयसवालले ३७ बलमा ९ चौका प्रहार गर्दा बटलरले २२ बलमा ३ छक्का र ७ चौका प्रहार गरेका थिए ।

सिमरन हटमायरले २२ रनको नटआउट पारि खेले । राजस्थानका फजलहक फारुकी र टी नटराजनले दुई दुई विकेट लिए । २०४ रनको जवाफी लक्ष्यका साथ मैदान उत्रिएको हैदरावाद निर्धारित ओभरमा ८ विकेट गुमाएर १३१ रनमा रोकिन पुग्यो ।

हैदरावादका लागि अब्दुल समदले सर्वाधिक ३२ रनको नटआउट पारि खेल्दा मयंक अग्रवाल २७ रनमा आउट भएका थिए ।यस्तै आदिल रसिदले १८ रन बनाउँदा हेरी ब्रुकले १३ रन बनाए ।

ओपनर अभिषेक शर्मा, राहुल त्रिपाठीले खाता नै खोल्न सकेनन् भने वासिंग्टन सुन्दर १, ग्लेन फिलिप्स ८, भुवनेश्वर कुमार ६ रन बनाएर आउट हुँदा अन्तिममा उमरन मलिकले १९ रनको नटआउट पारि खेलेका थिए ।