शास्त्रीय संगितमा उदाइरहेका ‘साधक’

शास्त्रीय संगितमा उदाइरहेका ‘साधक’

धनगढी । पछिल्लो समय मोडल संगितका बिच शास्त्रीय संगितकारहरुले प्रतिष्पर्धा गर्नुपरिरहेको छ । यहि प्रतिष्पर्धामा अवसर खोज्दै अघि बढेका छन् गायक तथा संगितकार  ‘बसन्त साधक ।’ सुदूरपश्चिमबाट उदाएका ‘साधक’ शास्त्रीय संगितमा रुचि दिएर अघि बढिरहेका हुन् ।

शास्त्रीय संगितबाटै साधकले राष्ट्रिय पुरस्कारसमेत पाउन सफल भएका छन् । उनले २०७५ सालमा रेडियो नेपालद्वारा ‘आधुनिक संगित प्रतियोगिता’मा स्वर्ण पदक प्राप्त गरे ।  साधकले ७७ वटै जिल्लाहरुमा सांगीतिक साँझ तथा धार्मिक भक्ति संगितको अभियान संचालन तथा ४९ शब्दमा सुदुरपश्चिमको बयान गरिएको साहित्यकार जयान्नद जोशी परमहंसद्वारा लिखित ‘सुदुर प्राती चीन मन’ नामक संगितमा आवाज रहेको छ भने दर्जनौं गितमा आवाज दिएका छन् ।

‘पिडा नभए’, ‘तम्रै माया लाग्दो सुवा’, ‘पच्छौरी को एउटा पाटो’ लगायतका थुप्रै गितहरू रहेका छन् । ‘साधक’ ले थारु भाषाका गितमा पनि आवाज दिईसकेका छन् । 
२०४६ साल असोज २१ गते सुदुरपश्चिमको टीकापुरमा एउटा सामान्य परिवारमा जन्मिएका ‘साधक’ का एक दिदि, तीन जना दाजु–भाइ छन । बसन्तका दाजु शिशिर साधक पनि संगित क्षेत्रमै व्यस्त रहेका छन् । उच्च शिक्षासम्म टीकापुरमै अध्ययन गरेका साधकले संगित शिक्षा भारतको ‘अषील भारतीय गान्धर्व महाविद्यालय’ स्नातक गरेका हुन् ।

‘संगितमा रुची प्राकृतिक रूपमा सबैलाइ नै हुन्छ । शरिरलाइ बचाउनका लागी खाना चाहिन्छ भने आत्मालाइ उर्जा दिन र चेतनशिल बनाइराख्न संगित चाहिन्छ’ सांगितीक पृष्ठभूमि सोध्दा उनको प्रतिक्रिया थियो ।

सानैदेखी गित संगित सुन्ने तथा गुन गुनाउने उनको व्यवहार रहेको थियो । त्यसैमा उनका बुबा भक्त संगित गाउने र छन्दमा शधारीत कवीता, रामायण, अध्ययन गर्थे । बुबाको यहि स्वभावबाट उनको प्रेरणा बन्यो । ‘बुबाको धुन सुनेपछि मनमा एक खालको उर्जा आउँन्थ्यो । सायद, त्यहीनै मेरो लागी प्रेरणा थियो । त्यसैमा निरन्तरता भइरहदा संगितलाइ अंगाल्न पुगियो अहिले संगित नै पहिचान बनेको छ ।’

किन हराउँदै छ शास्त्रीय संगित ?

शास्त्रीय संगित हराउनुको मुख्य कारण अहिले को उत्ताउलोपनाका गितहरु र संगितको नाममा छाडा प्रबृत्ति, भाइरल हुने चर्चा लगायतका कारण शास्त्रीय संगितहरु ओझेलमा परिरहेका छन् । विदेशी गित संगितले पनि नेपाली संगित बजारलाइ बिस्तारै बिस्थापित गरिराखेको साधकको अनुभव रहेको छ ।

शास्त्री तथा सुगम संगितको संरक्षण गर्न नेपाल सरकारले गम्भीरतापूर्वक सोच्नुपर्ने अवस्था रहेको छ । उनले शास्त्रीय संगितमा आम संगितकारको आकर्षण बढाउन संगित बिकास बोर्डको स्थापना हुनुपर्ने बताए ।

उनले भने –‘संगितका नाममा बिकृति र छाडापनको नियन्त्रण गर्न यसको छुट्टै नियामक निकाय हुन जरुरी रहेको छ ।’