ट्विटरको लोगो परिवर्तन, निलो चराको ठाउँमा अब  कुकुर !

ट्विटरको लोगो परिवर्तन, निलो चराको ठाउँमा अब  कुकुर !

काठमाडौं । सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन  गरिएको छ। यस पटक एलोन मस्कले ट्विटरको लोगो परिवर्तन गरेका छन् । यसको मतलब अब ट्विटरबाट निलो चरा गायब भएको छ।

यो परिवर्तन पछि प्रयोगकर्ताहरू धेरै आश्चर्यचकित छन्। किनभने  ट्विटरले आफ्नो नयाँ लोगो ‘डगी’ बनाएको छ । ट्विटरका मालिक एलोन मस्कले यसबारे चर्चा गरेका छन् ।

सोमबार रातीदेखि प्रयोगकर्ताहरूले आफ्नो ट्विटर खातामा नीलो चराको सट्टा कुकुर देख्न थालेका हुन् । एलोन मस्कले ट्विटरले आफ्नो लोगो परिवर्तन गरेको स्पष्ट पारेका छन् ।