रुसको विदेश मन्त्रालयले एलन मस्कलाई सिफारिस गर्‍यो ट्वीटरका चार अवतार

रुसको विदेश मन्त्रालयले एलन मस्कलाई सिफारिस गर्‍यो ट्वीटरका चार अवतार

काठमाडौं । सीईओ एलन मस्कले ट्वीटरको लोगो परिवर्तन गरेको केही समयपछि रुसको विदेशमन्त्रालयले उनलाई थप चारवटा ‘अवतार’ बनाएर परिवर्तन गर्न सुझाएको छ । मस्कले ट्वीटरमा रहेको निलो चराको अवतारलाई हटाएर पहेँलो रंगको कुकुरको चित्र राखेका छन् ।

रुसको विदेश मन्त्रालयको भेरिफाइड ट्वीटर अकाउन्टले परीवर्तन गरिएको कुकुर र पुरानो चराको चित्र मिश्रित चारवटा चित्र बनाएर मस्कलाई मेन्सन गरेको छ ।

सुझाएको चारवटा चित्रमध्ये पहिलोमा नयाँ लोगोमा भएको कुकुरले पुरानो लागेमा भएको चराको प्वाँखमा मुखमा च्यापेको देखाइएको छ ।

दोस्रोमा, पुरानो चराको प्वाँखबाट निर्मित हाते पंखा बनाएर कुकुरको मुखमा च्यापेको देखाइएको छ ।

त्यस्तै तेस्रो चित्रमा कुकुरले उत्त चरालाई शिकार गरेर निलिरहेको देखाइएको छ । जसमा कुकुरमा मुखमा चराको खुट्टा छ भने प्वाँख उडिरहेको अवस्थामा देखिन्छ ।

चौँथो चित्रमा कुकुर र चराको शरीरको आधा आधा भागलाई जोडेर एउटा नयाँ जनावर जस्तो देखाइएको छ । जसमा कुकुरको रंग पहेँलो नै छ भने चराको रंगा निलो नै छ ।

ट्वीटरमा राखिएको कुकुरको चित्र विवादास्पद मानिँदै आएको क्रिप्टोकरेन्सी डोजेक्वाइनको लोगोमा राखिएकै चित्र हो। अहिले ट्वीटर खोल्ने बित्तिकै सोही कुकुर देखिने गरेको छ ।