सुदूरपश्चिम प्रदेशमा बार्षिक दुई लाख मेट्रिक टन भन्दा बढी दूध उत्पादन

सुदूरपश्चिम प्रदेशमा बार्षिक दुई लाख मेट्रिक टन भन्दा बढी दूध उत्पादन

सुदूरपश्चिम प्रदेशमा बार्षिक दुई मेट्रिक टन भन्दा बढी दूध उत्पादन हुने गरेको छ । सुदूरपश्चिम प्रदेशको कृषि भूमि ब्यवस्था तथा सहकारी मन्त्रालयले  सार्वजनिक गरेको तथ्यांक हनुसार सुदूरपश्चिम प्रदेशमा बर्षिक २ लाख ८ अहार ८ सय ५४ मेट्रिक टन दूध उत्पादन हुने गरेको छ ।

मन्त्रालयका अनुसार भैसीपालनबाट बार्षिक १ लाख १६ हजार ७ सय ९२ मेट्रिक टन र गाईपालनबाट बार्षिक ९२ हजार ६२ मेट्रिक टन दूध उत्पादन हुने गरेको छ ।

उत्पादनका आधारमा हेर्दा अझैपनि प्रति ब्यक्ति प्रतिबर्ष सेवन गर्नुपर्ने  दूध अझै उत्पादन हुन सकेको छैन् । विशव स्वास्थ्य संगठनको मापदण्ड अनुसार हरेक ब्यक्तिले बर्षमा ९१ लिटर सेवन गर्नुपर्ने हुन्छ । तर सुदूरपश्चिम प्रदेशमा प्रति ब्यक्ति ८१ लिटर मात्रै उपलब्ध छ ।

आवश्यकता अनुसार दूधको उत्पादन कम भए पनि जाडो याममा दूधको खपत भने कम हुने गरेको छ । भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयका बरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीका अनुसार सुदूरपश्चिम प्रदेशमा सबै भन्दा बढी दूध उत्पादन कैलाली जिल्लामा र सबैभन्दा कम दूध उत्पादन बझाङमा हुने गरेको छ ।

कैलालीमा बार्षिक ६५ हजार १२ मेट्रिक टन दूध उत्पादन हुन्छ भने बझाङमा बार्षिक ९ हजार ४ सय ४८ मेट्रिक टन मात्रै दूध उत्पादन हुन्छ ।

कैलालीपछि कञ्चनपुरमा बार्षिक ५० हजार १ सय ३ मेट्रिक टन, डोटीमा १७ हजार ९ सय ९४ मेट्रिक टन, बैतडीमा १५ हजार ६ सय ९३ मेट्रिक टन, डडेल्धुरामा १३ हजार ३ मेट्रिक टन, अछाममा १३ हजार ८ सय ११ मेट्रिक टन, दार्चुलामा १२ हजार ३ सय २८ मेट्रिक टन र बाजुरामा १० हजार ९ सय ८२ मेट्रिक टन दूध उत्पादन हुन्छ ।

भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका बरिष्ठ कृषि विकास अधिकृत जोशीका अनुसार तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरका ब्यवसायिक रुपमा पशुपालन हुने गरेको छ भने पहाडी जिल्ला कमै मात्राममा दूध उत्पादनकै लागि पहुपालन हुने गरेकको छ ।