वैशाख २० गते पोखरा महानगरपालिका–१८ को मतगणना पुनः गर्न अदालतको आदेश

वैशाख २० गते पोखरा महानगरपालिका–१८ को मतगणना पुनः गर्न अदालतको आदेश

धनगढी। उच्च अदालत पोखराले गएको वैशाख ३० गते सम्पन्न भएको पोखरा महानगरपालिका–१८ को मतगणना पुनः गर्न आदेश दिएको छ ।

गएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा नेपाली कांग्रेसका शिव प्रसाद तिमल्निा विजयी बनेका थिए । उनले एमालेबाट उम्मेदवार बनेका पुस्कल थापालाई ३ मतले हराएका थिए ।

तर, एमालेका उम्मेदवार थापाले मतगणनामा खसेको भन्दा मत कम देखिएको भन्दै पुनः दोहोर्याएर मतगणना गरि पाउ भन्दै गत जेठ १८ गते उजुरी अदालतमा दिएका थिए ।

त्यतिबेला कांग्रेसका तिमल्निाले १६४३ मत पाएर बिजयी घोषित भएका थिए एमालेका थापाले १६४० मत ल्याएका थिए ।

अदालतले वडाध्यक्ष पदको पुनः मतगणना आगामी वैशाख २० गते गर्न आदेश दिएको छ ।