आईपीएलः कोलकताद्धारा बेंग्लोर ८१ रनले पराजित

आईपीएलः कोलकताद्धारा बेंग्लोर ८१ रनले पराजित

काठमाण्डौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकता नाईट राईडर्सले रोयल च्यालेन्जर्स बेंग्लोरलाई ८१ रनले पराजित गरेको छ ।

गएराति इडेन गार्डेनमा भएको खेलमा कोलकताले दिएको २ सय ५ रनको लक्ष्य पछ्याएको बेंग्लोर १७ ओभर ४ बलमा १ सय २३ रनमा समेटियो । बेंग्लोरका कप्तान फाफ डु प्लेसिसले सर्वाधिक २३ तथा विराट कोहलीले २१ रन बनाए । कोलकताका वरुण चक्रवर्तीले ४, सुयश शर्माले ३ तथा सुनिल नारेनले २ विकेट लिए ।

त्यसअघि घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कोलकताले २० ओभरमा ७ विकेट गुमाएर २ सय ४ रन बनाएको थियो । बेंग्लोर २ खेलमा २ अंकसहित सातौं स्थानमा छ ।