कोरोनाको जोखिम बढ्यो, सतर्कता अपनाउन बैतडी प्रशासनको आग्रह

कोरोनाको जोखिम बढ्यो, सतर्कता अपनाउन बैतडी प्रशासनको आग्रह

बैतडी । पछिल्लो समय फेरी कोरोना जोखिम बढ्दै गएको छ । यो सँगै जिल्ला प्रशासन कार्यालय बैतडीले सतर्कता अपनाउन आग्रह गरेको छ । छिमेकी देश भारतमा कोरोनाको नयाँ भेरिएन्ट देखिएको नेपालमा पनि नयाँ भेरिएन्टका बिरामी फेला परेकाले स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह छ । 

जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै बैतडी पनि भारतसँग सीमा जोडिएको जिल्ला भएकाले कोरोनाको उच्च जोखिममा रहेको जनाएको छ । जिल्लास्थित सम्पूर्ण सरकारी कार्यालयहरुलाई सेनेटाइजर तथा मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गरिएको छ । 

यस्तै भीडभाड हुने खालका कार्यक्रममा सके सम्म नजान आग्रह गरिएको छ ।