प्रदेश ७ मा रहेको महाकाली चिनी मिलको क्षमता विस्तार

प्रदेश ७ मा रहेको महाकाली चिनी मिलको क्षमता विस्तार

कञ्चनपुरः कञ्चनपुरको बेलौरी नगरपालिका– १० शिवनगरमा रहेको महाकाली चिनी मिलले क्षमता विस्तार गरेको छ। आठ हजार मेट्रिक टन दैनिक उखु क्रसिङ गर्दै आएको मिलको क्षमता विस्तार गरी दैनिक २२ हजार मेट्रिक टन उखु क्रसिङ गर्ने बनाइएको छ। 

क्षमता विस्तारका लागि आधुनिक उपकरण जडान गरिएको मिलका एससिएम म्यानेजर सिडी पाण्डेले बताए। ‘मिललाई आवश्यक पर्ने उखुको अझै अभाव रहेको छ’ उनले भने। उनका अनुसार हाल दैनिक १० लाख मेट्रिक टन उखु मात्रै मिललाई उपलब्ध हुँदै आएको छ।

 उखुको उत्पादन बढाउन किसानलाई आधुनिक तरिकाले उखुखेती गर्ने तरिकाबारे जानकारी दिने, उन्नत बीउ उपलब्ध गराउने र आधुनिक उपकरणको प्रयोगबारे जानकारी दिने कार्यसमेत भइरहेको उनले बताए। मिलले गरेको सर्भेक्षण अनुसार कञ्चनपुरमा ११ बिघा खेतमा उखुखेती हुने गरेको छ। मिलले जनरल उखुको मूल्य ४५० र अर्लिजातको उखुको मूल्य ४७० निर्धारण गरेको छ।
 
किसानलाई भुक्तानी दिँदा खातमा सोझै पैसा पठाउने व्यवस्था मिलले गरेको छ। मिलमा उखु बिक्री गरेका सबै किसानको भुक्तानी भइसकेको मिल सञ्चालकको दाबी छ। मिलमा उत्पादित चिनी चितवन, बुटवल, नेपालगञ्ज र पहाडी जिल्लामा बिक्री हुने गरेको छ।