गजलकार कृष्ण जेठाराको “छुटेका पलहरु’’ गजल संग्रहको विमोचन

गजलकार कृष्ण जेठाराको “छुटेका पलहरु’’ गजल संग्रहको विमोचन

कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत युवा गजलकार कृष्ण जेठाराको पहिलो गजल संग्रह “छुटेका पलहरु..“ आज एक कार्यक्रमको विच विमोचन भएको छ । 

उक्त संग्रह को प्रकाशक समेत रहेको विद्यार्थी साहित्य प्रतिष्ठान कैलाली बहुमुखी क्याम्पस को आयोजनामा भएको कार्यक्रममा उक्त सङ्ग्रहको विमोचन गरिएको थियो ।

प्रतिष्ठानक अध्यक्ष सत्य उपाध्याय को अध्यक्षतामा सुरु भएको कार्यक्रममा क्याम्पस प्रमुख प्रा डा. पदमराज जोशी विशिष्ट अतिथि सहायक प्रमुख डिल्लीराज फूलारा लगायतका अन्य प्राध्यापक तथा साहित्यकार हरुको उपस्थितिमा कार्यक्रम भएको थियो।

 

गजलमाथि गजलकार मिन बाब्ली मिलन र सहायक प्रमुख फूलाराले समिक्षा गर्नु भएको थियो र क्याम्पस प्रमुख जोशीले गजलकार लाइ शुभकामना दिनुभएको थियो ।