समिट अपार्टमेन्ट वरपरका घरहरू भासिए, स्थानीयको भागाभाग

समिट अपार्टमेन्ट वरपरका घरहरू भासिए, स्थानीयको भागाभाग

काठमाडौं । ललितपुरको बखुण्डोलमा निर्माणधीन समिट अपार्टमेन्ट वरपरका घर भासिएको छ । अपार्टमेन्ट वरपरका घर शुक्रबार राति भासिएपछि स्थानीयबासिन्दा भागाभाग भएका थिए । भागदौडका क्रममा कतिपय घाइते भएका छन् ।

एक तला जति घरहरु भासिएका छन् । केही घर क्षतिग्रस्त भएका छन् भने केहीको एकतला जति भासिएको छ । आफूहरुसँग अनुमति नलिई अपार्टमेन्ट बनाउन सुरु गरेको स्थानीयबासिन्दाको आरोप छ । उनीहरुले आफूहरुको बास बस्ने ठाउँ नभएको भन्दै आवश्यक व्यवस्था मिलाउन माग गरेका छन् ।

ललितपुर क्षेत्र नम्बर ३ की सांसद डा. तोसिमा कार्कीले अपार्टमेन्ट बनाउने कम्पनी र लगानीकर्ताहरुले स्थानीयलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेकी छन ।