एक पुरुष मृत भेटिए

एक पुरुष मृत भेटिए

गुल्मी । गुल्मीमा एक जना मृत फेला परेका छन् ।

जिल्लाको रेसुङ्गा नगरपालिका ७ का ६४ वर्षका छविलाल सुनार मुसिकोट नगरपालिका ५ झक्कले भन्ने ठाउँमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्र श्रेष्ठले बताए ।
सुनार चैत २२ गते घरबाट चन्द्रकोट गाउँपालिका ८ झुर्मकर्मदिपस्थित आफ्नी दिदीको घरमा पूजामा हिडेका थिए ।

झक्कले स्थित आँपको रुख मुनि मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमको लागि गुल्मी अस्पतालमा ल्याइएको श्रेष्ठले बताए ।