मालिकार्जुन दार्चुला सेवा समितिद्वारा रक्तदान कार्यक्रम ९८ जनाद्वारा रक्तदान

मालिकार्जुन दार्चुला सेवा समितिद्वारा रक्तदान कार्यक्रम ९८ जनाद्वारा रक्तदान

धनगढी : मालिकार्जुन दार्चुला सेवा समितिले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । धनगढी तारानगर स्थित आफ्नै भवनको प्रागंणमा आयोजित रक्तदान कार्यक्रममा ९८ जनाले रगत दान गरेको समितिका सचिव जनक सामन्तले जानकारी दिएका छन् ।

समितिले आयोजना गरेको छैटौँ बृहत रक्तदान कार्यक्रममा ९८ जनाले रगत दान गरेका हुन् । मालिकार्जुन दार्चुला सेवा समितिले बिगतबाटै सामाजिक सेवा स्वरुप बर्षमा २ पटक रक्तदान कार्यक्रमको आयोजना गर्ने गरेको समितिका अध्यक्ष महेन्द्र पन्तले बताए । रक्तदान कार्यक्रममा सहभागी सबैलाई उनले धन्यवाद दिएका छन् ।

सोही अवशरमा समितिले नयाँ बर्ष २०८० को सुभकामना आदानप्रदान तथा भित्तेपात्रो वितरण कार्यक्रमपनि आयोजना गरेको थियो । दार्चुला पुख्र्यौली घर भई कैलालीमा बसोबास गर्दै आएकाहरुले निर्माण गरेको मालिकार्जुन दार्चुला सेवा समितिले रक्तदान कार्यक्रम, योग शिविर लगायत सामाजिक कार्यहरु बिगतबाटै गर्दै आइरहेको छ । सुभकामना आदानप्रदान कार्यैक्रममा नेकपा एमालेका पोलिट्ब्युरो सदस्य तथा पुर्व मन्त्री गणेस सिहं ठगुन्ना, सुदूरपश्चिम प्रदेशसभा सदस्य रमेश सिहं धामी लगायतको उपस्थिती थियो ।

सोही अवशरमा १ सय पटक रक्तदान गरिसकेका धनगढीका पत्रकार दिपक उपाध्यायलाई सम्मान गरिएको थियो । प्रदेशसभा सदस्य रमेश धामीले उपाध्यायलाई सम्मानपत्र प्रदान गरेका हुन् । सामाजिक कार्यमा यस क्षेत्रमै सबैभन्दा बढी पटक रक्तदान गरेका उपाध्यायलाई समितिले सम्मान गरेको हो ।