कपल्लेकी स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा संचालनमा

कपल्लेकी स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा संचालनमा

डोटी: डोटीको शिखर नगरपालका वडा नम्बर १ कपल्लेकी स्वास्थ्य चौकीमा प्रयोशाला सेवा संचालनमा आएको छ ।

शनिबार एक कार्यक्रमका बिच प्रयोगशालाको उद्घाटन गरिएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा प्रयोगशालाको स्थापना गरिएको हो । जिल्ला समन्वय समितिका संयोजक लक्ष्मणबहादुर सिंहले प्रयोगशालाको उद्घाटन गरेका हुन् ।

प्रयोगशााको उद्घाटन गर्दै समन्वय प्रमुख सिंहले मानव जीवनमा स्वास्थ्य क्षेत्रको महत्व सबैभन्दा बढी रहेकाले ल्याब स्थापनाले स्थानीयलाई ठुलो सहुलियत हुने बताएका छन् । ‘ल्याब स्थापनाले स्थानीयले बाहिर जान नपर्ने भएको छ’, सिंहले भने, ‘स्वास्थ्यमा समस्या आइ बाहिर जाँदा खर्च समेत ठुलो हुने भएकाले आर्थिक रुपमा समेत यसले सहुलियत हुनेछ ।’

हामीले स्वास्थ्य, शिक्षा, कृषि र यातायातलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने सिंहले बताए ।

आफु निर्वाचित भएदेखि स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको र फलस्वरुप ल्याब स्थापना गर्न सफल भएको वडा अध्यक्ष दिपकबहादुर बोगटीले बताए । वडा कार्यालयबाट ५ लाख बराबरको ल्याब सामग्री खरिद र ३ लाख बराबरको प्रयोगशाला कक्ष मर्मत गरिएको अध्यक्ष बोगटीले बताए । ‘स्वास्थ्य निर्देशनालय राजपुर र स्वास्थ्य कार्यालय डोटीको सहयोगबाट प्रयोगशालामा प्रयोग हुने सामग्रीहरुको सहयोग भएको र सबैको सहयोगबाट सेवा संचालनमा ल्याउन सफल भएका छौं’, स्वास्थ्य व्यवस्थापन समिति अध्यक्ष एवं वडा अध्यक्ष बोगटीले भने, ‘ल्याब स्थापनाबाट वडाबासी सबैलाई सहज हुनेछ ।’

प्रयोगशालाबाट रगत चेकजाँच, विभिन्न किसिमका भाइरल टेष्ट, दिसापिसाब चेकजाँच, मलेरिया, युरिकएसिड, सुगर, लिपिट प्रोफाइल, कोल्डस्टोर, क्षयरोग जाँच लगायतको चेकजाँच हुने ल्याब इन्चार्ज माधब जोशीले जानकारी दिए । प्रयोगशालाबाट करिब २०/२१ प्रकारको चेकजाँच हुने बताइएको छ ।