होटल व्यवसायी संघ कैलालीको जिल्ला अधिवेशन सम्पन्न

होटल व्यवसायी संघ कैलालीको जिल्ला अधिवेशन सम्पन्न

धनगढी । होटल व्यवसायी संघ कैलालीको ३१औं साधारण सभा तथा ८औं जिल्ला अधिवेशन २०७९ शनिवार सम्पन्न भएको छ ।  “आर्थिक समृद्धिको मुख्य आधारः पूर्वाधार, पर्यटन प्रवर्धन र अतिथि सत्कार” भन्ने मूल नाराका साथ जिल्ला अधिवेशन सम्पन्न भएको हो ।

होटल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बहादुर बमको अध्यक्षतामा आयोजित उद्घाटन समारोहको प्रमुख अतिथि होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेश कुमार चुके रहेका थिए । साथै  विशिष्ट अतिथिमा सुदूरपश्चिम प्रदेश सभा सदस्य रमेश धामी, धनगढी उपमहानगरपालिकाका नगर उप प्रमुख कन्दकला राना र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सुदूरपश्चिम प्रदेशका निमित्त सचिव जनक पाध्या रहेका थिए ।

कैलाली उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको उक्त साधारण सभा तथा अधिवेशनमा सरोकारवाला विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख, होटल व्यवसायी महासंघ नेपालका उपाध्यक्ष, केन्द्रीय सदस्यहरु, विभिन्न जिल्लाका होटल व्यवसायी संघका अध्यक्षहरु, महासंघका निवर्तमान पर्यटन सचिव, सल्लाहकारहरु, नेपाल पत्रकार महासंघ जिल्ला शाखा कैलालीका अध्यक्ष विभिन्न वस्तुगत संघका अध्यक्षहरु, नाट्टा सुदूरपश्चिमका संस्थापक अध्यक्ष तथा वर्तमान अध्यक्ष, अतिथि लगायत ठुलो संख्यामा होटल व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

यस संघका महासचिव केशव दत्त पाण्डेयद्वारा सञ्चालन गरिएको कार्यक्रमको स्वागत मन्तव्य संघका सचिव अवेश कुमार चन्दले दिनु भएको थियो । 
कार्यक्रमको उद्घाटन अघि होटल व्यवसायी संघ कैलालीको नवनिर्मित कार्यालय भवनको समुद्घाटन प्रमुख अतिथि तथा होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेश कुमार चुकेद्वारा गरिएको थियो । उक्त कार्यक्रममा भवन निर्माणमा सहयोग गर्ने सहयोगदाताहरुका साथै होटल व्यवसायी संघलाई योगदान पु¥याउनु हुने विशिष्ट व्यक्तित्वहरु र केही सफल होटल व्यवसायीहरुलाई समेत सम्मान गरिएको थियो । 

३१औं साधारण सभा तथा ८औं जिल्ला अधिवेशन २०७९ को बन्द सत्रबाट सर्वसम्मत रुपमा तपसिल बमोजिमको १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ ।