लामो सास लिदा हुन्छन् यस्ता फाइदा

लामो सास लिदा हुन्छन् यस्ता फाइदा

काठमाडौं । हामीहरू तनावमा हुँदा हामीलाई मान्छेले लामो सास लिनुस् भनी सल्लाह दिन्छन् । बेस्सरी रिस उठेका बेलामा यस्तो उपदेश सुन्दा झर्को लागेर आउँछ । तर हालै गरिएको वैज्ञानिक अनुसन्धानले यसरी गहिरो सास लिनु स्वास्थ्यका लागि लाभदायक हुने बताएको छ ।

बेलायतको नर्थवेस्टर्न विश्वविद्यालयले गरेको एक अध्ययन अनुसार नाकबाट लामो सास तान्दा तपाईंको दिमाग बलियो हुन्छ र स्मरणशक्ति बढ्छ ।

तर तपाईं नाकले सास तान्नुहुन्छ कि मुखले भन्ने कुराले यसलाई फरक पार्छ ।

सास फाल्दा भन्दा पनि लिँदा चाहिँ मान्छेले कुनै कुरा राम्ररी सम्झने अनुसन्धानले देखायो । मुखबाट सास लिँदा भने स्मरण नबढ्ने देखियो ।

परीक्षणमा भाग लिएका मान्छेलाई कुनै चित्र देखाएर सास लिन लगाइयो । निकै पछि उनीहरूलाई त्यो चित्रका बारेमा बताउन लगाउँदा उनीहरूले दुरुस्तै बताए ।

विपश्यना ध्यान गर्दा सासमा विचार पु(याइन्छ र त्यसले शरीरलाई धेरै फाइदा दिन्छ । त्यसैगरी दैनिक जीवनमा पनि लामो सास लिनुका धेरै फाइदा देखिनेछन् ।