बझाङको बुंगलले छात्राहरूलाई स्यानिटरी प्याड वितरण गर्ने

बझाङको बुंगलले छात्राहरूलाई स्यानिटरी प्याड वितरण  गर्ने

बझाङ । बझाङको बुंगल नगरपालिकाले नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयमा अध्यनरत छात्राहरूलाई निःशुल्क स्यानिटरी प्याड वितरण गर्ने भएको छ। छात्रालाई रजस्वला हुँदा पनि नियमित विद्यालय आउन प्रोत्साहित गर्नका लागि स्यानिटरी प्याड निःशुल्क उपलब्ध गराउन लागेको हो।

रजस्वला हुँदा विद्यालय नआउने र आए पनि बीचमै कक्षा छाडेर घर जाने समस्याको समाधानका लागि सामुदायिक विद्यालयमा स्यानिटरी प्याड उपलब्ध गराउने व्यवस्था मिलाइएको बुंगल नगरपालिकाका नगर प्रमुख जय बहादुर धामीले बताए।

उक्त कार्यक्रम अन्तरगत नगरपालिकाले चालु आर्थिक वर्षमा ३२ लाख ८८ हजार रुपैयाँ बजेट छुट्याएको र चैत्र ७ गते बोल पत्रसमेत आह्वान गरी सकेको नगर प्रमुख धामीको भनाइ छ । 

कक्षा ६ देखि माथिका सामुदायिक विद्यालयका छात्रालाई लक्षित गरी नगरपालिकाले यस्तो व्यवस्था मिलाएको भएपनि आवश्यकता अनुसार सबै विद्यालयमा अध्ययनरत रजस्वला हुने उमेरका किशोरीहरूका लागि सेनिटरी प्याड खरिद गर्न लागिएको नगरपालिकाले जनाएको छ।