आईपीएल क्रिकेटः चेन्नईद्धारा मुम्बई ७ विकेटले पराजित

आईपीएल क्रिकेटः चेन्नईद्धारा मुम्बई ७ विकेटले पराजित

काठमाण्डौ । इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा चेन्नई सुपर किङ्ग्सले मुम्बई इन्डियन्सलाई हराएको छ । गएराति भएको खेलमा चेन्नईले मुम्बईलाई ७ विकेटले हरायो । मुम्बईको यो लगातार दोस्रो हार हो। चेन्नईको तेस्रो खेलमा दोस्रो जित हो।

जितको लागि १ सय ५८ रनको लक्ष्य पछ्याएको चेन्नईले १८ ओभर १ बलमा ३ विकेट गुमाउँदै भेट्टायो । चेन्नईका अजिक्या रहाणेले ६१ रन बनाए । उनले १९ बलमा अर्धशतक पूरा गरेका थिए ।

मुम्बईका जेसन बेहरनडोफ, पीयूष चवला र कुमार कार्तिकेले एकरएक विकेट लिए । त्यसअघि घरेलु मैदान वानखडेमा टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो । मुम्बईका ईशान किशनले सर्वाधिक ३२ रन बनाए । चेन्नईका रविन्द्र जडेजाले ३ विकेट लिए । मिचेल सान्टनार र तुषार देशपान्डेले समान २ विकेट लिए ।

आज दुई खेल हुनेछन् । पहिलो खेलमा दिउँसो पौने ४ बजे गुजरात र कोलकाताबीच अहमदाबादमा खेल हुनेछ ।

हिजो भएको पहिलो खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई ५७ रनले हराएको थियो ।