एनसेलको ‘कल आयो पैसा पायो’ अफर आज देखी शुरु

एनसेलको  ‘कल आयो पैसा पायो’ अफर आज देखी शुरु

काठमाण्डाै - एनसेलले ‘कल आयो पैसा पायो’ अफर ल्याएको छ । यो अफर अन्तर्गत अन्तर्राष्ट्रिय आगमन कलमा दुई मिनेट वा त्यो भन्दाबढी कुरा गर्दा प्रत्येक मिनेटमा २ रुपैयाँ बोनस पाइने छ । 

यो अफर सोमबार (वैशाख १६) देखि सुरु भई तीन महिनासम्म जारी रहने एनसेलले जनाएको छ । एनसेलका ग्राहकले विदेशबाट आफ्ना आफन्त, साथीभाइ र परिवारजनले गरेको कलमा कुरा गर्दा पहिलो दुई मिनेट पश्चात १० मिनेटसम्म प्रत्येक मिनेटको रु २ का दरले बोनस पाउनेछन् । यसको अर्थ अन्तर्राष्ट्रिय आगमनकलमा कुरा गर्दा ग्राहकले रु १८ सम्म बोनस प्राप्त गर्नेछन् ।   

यसरी प्राप्त भएको बोनस ७ दिनसम्मका लागि मान्य हुने एनसेलले जनाएको छ । बोनस एनसेलको नेटवर्कभित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन प्रयोग गर्न सकिने पनि उसले जनाएको छ । 

एनसेलका सबै प्रिपेड तथा पोष्टपेड ग्राहकले १७१२६ मा डायल गरी यो योजना निःशुल्क सुचारु गरी लाभ लिन सक्नेछन् । त्यस्तै अंग्रेजीमा ‘ए’ टाइप गरी १७१२६ मा एसएमएस पठाएर पनि यो बोनस योजनामा सामेल हुन सक्ने एनसेलले जनाएको छ ।