होटल व्यवसायी संघ कैलालीको अध्यक्षमा पाण्डेय

होटल व्यवसायी संघ कैलालीको अध्यक्षमा पाण्डेय

धनगढी । होटल व्यवसायी संघ कैलालीको अध्यक्षमा केशवदत्त पाण्डेय चयन भएका छन्।

संघको २९ औं वार्षिक साधारण सभा तथा आठौं जिल्ला अधिवेशनबाट पाण्डेयको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति निर्विरोध चयन भएको हो। होेटल व्यवसायी संघ कैलालीको उपाध्यक्षमा दिपककुमार थापा क्षेत्री, महासचिवमा अवेशकुमार चन्द सचिवमा प्रजापति जोशी र कोषाध्यक्षमा भक्तबहादुर थापा निर्विरोध चयन भएका छन्।

त्यस्तै धर्मराज भट्ट, केशबहादुर बोहरा, केशव चन्द, कुलदीपध्वज थापा, बिष्णु केशी, कस्नसिंह कुडमाल, सोमराज सापकोटा, भीमबहादुर शाही, राकेश भट्ट तथा सुरेन्द्रबहादुर थापा चयन भएका छन्।