आईपीएलमा हैदराबादको पहिलो जित

आईपीएलमा हैदराबादको पहिलो जित

काठमाडौँ । पञ्जाब किंग्सलाई हराउँदै इन्डियन प्रिमियर लिगको जारी सिजनमा सनराइजर्स हैदरावादले पहिलो जित निकालेको छ । गएराति भएको खेलमा हैदराबादाले पञ्जाबलाई आठ विकेटले  पराजित गरेको हो । यसअघिका दुई खेलमा हैदरावाद पराजित भएको थियो । 

पञ्जाबले दिएको १ सय ४४ रनको सामान्य लक्ष्य हैदरावादले १७.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । हैदरावादको जितमा राहुल त्रिपाठी ४८ बलमा  १० चौका र ३ छक्का प्रहार गर्दै अविजित ७४ रन बनाए । 

त्यस्तै कप्तान एडेन मारक्रमले २१ बलमा ६ चौका प्रहार गर्दै अविजित ३७ रन बनाए । ओपनरद्वय मयंक अग्रवाल र ह्यारी ब्रुकले क्रमश २१ र १३ रन बनाए ।

पञ्जाबका लागि अर्शदिप सिंह र राहुल चाहरले समान एक–एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन बनाएको थियो ।

पञ्जाबका कप्तान शिखर धवनले अविजित ९९ रन बनाए । ६६ बलको सामना गरेका उनले १२ चौका र ५ छक्का हिर्काए । बलिङतर्फ हैदरावादका मयङ्क मार्कण्डेले सर्वाधिक चार विकेट लिए । त्यस्तै मार्को जन्सेन र उम्रन मलिकले दुई–दुई तथा भुवनेश्वर कुमारले एक विकेट लिए ।