कैलालीमा लागुऔषधसहित २ जना पक्राउ

कैलालीमा लागुऔषधसहित २ जना पक्राउ

धनगढी । कैलालीमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्।

गोदावरी नगरपालिका-२ तेघरी स्थित सोही ठाउँका २२ वर्षीय सुरेश भट्ट र अमृत ओलीलाई लागुऔषध खैरोहिरोइनसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

उनीहरुलाई ४०० मिलिग्राम लागुऔषधसहित आइतवार साँझ पक्राउ गरिएको मालाखेती प्रहरीले जनाएको हो। दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाइएको छ।