ताप्लेजुङमा पुग्यो पाठ्य पुस्तक

ताप्लेजुङमा पुग्यो पाठ्य पुस्तक

ताप्लेजुङ । हिमाली जिल्लाका रुपमा रहेको ताप्लेजुङमा सामुदायिक विद्यालयका पाठ्य पुस्तक पुगेको छ । कक्षा १ देखि १० सम्मका ३ हजार ७ सय थान पुस्तक आइपुगेको हो । पुस्तक बिक्रि वितरण गर्ने तयारी भइरहेको पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ ताप्लेजुङले जनाएको छ ।

अहिले पाठ्य सामाग्री मिलाउने तथा भण्डारण गर्ने काम भइरहेकाले उक्त काम सकिएपछि बुधबारदेखि बिक्रि वितरण थालिने महासंघका अध्यक्ष ज्ञानप्रसाद मिश्रले जानकारी बताउनुभयो । उहाँका अनुसार बुधबारदेखि विद्यालयले महासंघमा पैसा जम्मा गरेर आवश्यकताअनुसार पाठ्य पुस्तक लैजान सक्नेछन् ।

यहाँका स्टेशनरी व्यवसायीले संयुक्त रुपमा पुस्तक खरिद गरेर ल्याएका हुन् । विगतदेखि नै सामुदायिक विद्यालयका पुस्तक ल्याएर उनीहरुले पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघमार्फत बिक्रि वितरण गर्दै आएका छन् । बिक्रि वितरणको संयोजन महासंघले नै गर्दै आएको हो ।