सुदूरपश्चिम प्रदेशस्तरीय क्रिकेट छनोट  अर्को सूचना जारी नभए सम्म स्थगित

सुदूरपश्चिम प्रदेशस्तरीय क्रिकेट छनोट  अर्को सूचना जारी नभए सम्म स्थगित

धनगढी । मंगलबारदेखि अछाममा हुने भनिएको १६ वर्षमुनिको सुदूरपश्चिम प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिता स्थगित भएको छ ।  बसको ठक्करबाट एकजनाको मृत्यु भएपछि पीडित पक्षले अछाममा सडक बन्द गरेकोले स्थगित गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टले बताए।

उनले भने, ‘प्रतियोगिताको सबै तयारी पूरा भएको थियो, सडक बन्द भएकाले खेलाडी पुग्न समस्या हुने भएपछि हाललाई स्थगित गरेका हौं, सडक सञ्चालन भएपछि प्रतियोगिता सञ्चालनको लागि अर्को सूचना जारी गर्छौं।’

प्रतियोगितामा प्रदेशका ८ जिल्लाका टोलीको सहभागिता रहनेछ । उक्त छनोट प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा प्रदेश टोली घोषणा गरिने र उक्त टोलीले राष्ट्रिय छनोट प्रतियोगिता खेल्नेछ ।

नेपाल क्रिकेट संघले मलेशियामा हुने १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगितालाई मध्येनजर गर्दै जिल्ला र प्रदेश छनोट गर्न निर्देशन दिएको हो।