फोटो पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको छैठौँ स्थापना दिवस सम्पन्न

फोटो पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको छैठौँ स्थापना दिवस सम्पन्न

धनगढी । नेपाल फोटो पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको छैठौँ स्थापना दिवस धनगढीमा सम्पन्न भएको छ । स्थापना दिवसका साथै नयाँ वर्ष २०८० सालको पूर्व सन्ध्यामा शुभकामना आदान प्रदान समेत गरिएको छ । 

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावलले एउटा फोटोले हजार शब्द बयान गर्न सक्ने हुँदा यसको गुणस्तीयालाई ध्यान दिनुपर्ने बताएका छन् । फोटो पत्रकारलाई तालिम दिएर उनीहरूलाई राम्रो फोटो पत्रकारका रूपमा चिनाउन जरुरी रहेको उनले बताए । अध्यक्ष रावलले छिट्टै नै पत्रकाहरुलाई फोटो खिच्ने तालिम दिने व्यवस्था गरिने प्रतिबद्धता जनाएका छन् । 

वरिष्ठ पत्रकार चित्राङग थापाले फोटो पत्रकारलाई प्रेरणा दिन उनीहरूका फोटो उत्कृष्ट भए पुरस्कारको पनि व्यवस्था हुनुपर्ने बताएका छन् । आफूले खिचेका फोटोहरू पनि सामाजिक सत् जालमा राख्नुपर्ने उनले बताएका छन् । उनले आफूले खिच्ने फोटोहरू प्रत्येक दिन प्रस्तुत गर्ने बानीले पक्कै पनि राम्रो फोटो खिच्ने बानीको अभ्यास भई उत्कृष्ट फोटो हुन सक्ने बताए ।  यस्तै उनले आउँदै गरेको २०८० सालको शुभकामना समेत दिएका छन् ।

यस्तै नेपाल पत्रकार महासंघ  कैलालीका अध्यक्ष हिमालय जोशीले पत्रकारितामा फोटोको महत्त्व बढी रहेको बताएका छन् । उनले फोटोका मार्फतबाट समाचारलाई उत्कृष्ट बनाउन तर्फ पत्रकारको ध्यान जानुपर्ने बताए । नेपाल फोटो पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष धिरज कुँवरले सम्पूर्णमा शुभकामना ब्यक्त गर्दै आगामी दिनमा अझै फोटो पत्रकारितालाई राम्रो बनाउँदै लैजाने तर्फ आफ्नो ध्यान केन्द्रित रहेको बताएका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका पूर्व अध्यक्ष अर्जुन शाह, पूर्व केन्द्रिय सदस्य दिल बहादुर छत्याल, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका सचिव हरि जोशी, प्रेस चौतारी नेपालका महासचिव शिवराज भट्ट, प्रेस सेन्टर कैलालीका अध्यक्ष तेजराज भट्ट,सचिव निमेन्द्र शाही, वरिष्ठ पत्रकार उमिद बागचन, फोटो पत्रकार महासंघका महासचिव शंकर बोहरा, फोटो पत्रकार महासंघ कैलाली अध्यक्ष दिनेश बहादुर विष्ट, नाटा सुदूरपश्चिमका उपाध्यक्ष धनञ्जय जैसी लगायत पत्रकार राज कुमार साउद,लोक सिंह ठकुरी, मुकेश टेर्रा, चिरञ्जीवी छेडाल, मोहन जोशी, शेर बहादुर ऐर, निराजन परियार, योगेन्द्र नायक, मोहन पनेरु, समिर प्रसाद भट्ट, सुनिता बिक, खेम ढुङ्गाना, सुदिप थापा, वीरेन्द्र शाह लगायतको उपस्थिति हरेको थियो । 
कार्यक्रमको सञ्चालन फोटो पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका सचिव पाण्डव पुजाराले गरेका हुन् ।

No description available.