एमाले बैतडीले लिला बिष्टलाई स्पष्टीकरण सोध्यो

एमाले बैतडीले लिला बिष्टलाई स्पष्टीकरण सोध्यो

बैतडी  । नेकपा एमाले बैतडीले जिल्ला कमिटि सचिवालय सदस्य लिला बिष्टलाई स्पष्टीकरण सोधेको छ । 

अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य जानकी ऐर बममाथि चरित्र हत्या हुने गरी गालीगलौज गरेको र हातपात गर्न खोजेको बिषयमा पार्टीले स्पष्टीकरण सोधेको हो । सुर्नया गाउँपालिकाकी पूर्व उपाध्यक्ष समेत रहेकी बिष्टले अनेम संघको जिल्ला अधिवेशनका बेला जानकीमाथि गालीगलौज तथा हातपात गर्न खोजेको आरोप लागेको छ । 

अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य जानकी ऐर बमले पार्टीमा दिएको निवेदन अनुसार बिष्टलाई यो बिषयमा सात दिनभित्र स्पष्टीकरण दिन भनिएको पार्टी श्रोतले जनाएको छ । 

आइतबार बसेको जिल्ला कमिटि बैठकले सातदिनभित्र चित्त बुझ्दो जवाफ दिन र अन्यथा पार्टीको विधान अनुसार कारवाही हुने व्यहोराको पत्र बिष्टलाई पठाएको छ । 

यो बिषयमा एमाले जिल्ला कमिटि सचिवालय सदस्य लिला बिष्टले भने आफूलाई पत्रका बारेमा कुनै जानकारी नभएको र आफूलाई पार्टीले स्पष्टीकरण नसोधेको बताइन् । आफूलाई स्पष्टीकरण सोध्ने बिषयमा पार्टी बैठकमा कुनै आधिकारिक निर्णय नभएको उनले दाबी गरिन् ।