लागूऔषधसहित  २  जना पक्राउ

लागूऔषधसहित  २  जना पक्राउ

धनगढी । धनगढीका २ युवक लागुऔषधसहित पक्राउ परेका छन् । सोमबार कञ्चनपुरको बेलौरी नगरपालिका–६ भुराकोटबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्राम ४८ मिलिग्रामसहित धनगढीका २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कैलाली धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँका २३ वर्षीय मदन राना र २८ वर्षीय निसान घर्ति मगर रहेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताएका छन् ।

ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले सु।प।प्र।०१–००९ प ३०९७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई खैरो हेरोईनसहित फेला पारी पक्राउ गरेको जनाएको छ ।