सुत्केरी मृत्यु प्रकरणः  अस्पतालले लापरवाही गरेको भन्दै आफन्तले शव उठाउन मानेनन्

सुत्केरी मृत्यु प्रकरणः  अस्पतालले लापरवाही गरेको भन्दै आफन्तले शव उठाउन मानेनन्

धनगढी । कैलालीको अत्तरियामा रहेको मालाखेती अस्पतालमा नवजात शिशुसहित सुत्केरी महिलाको शव उठेको छैन।

सोमबार गोदावरी नगरपालिका–२ कडायत टोलकी २८ बर्षिया लक्ष्मी भट्टराई र नवजाता शिशुको मृत्यु भएको थियो। उपचारमा लारबाही भएको भन्दै आफन्तले शव बुझ्न मानेका छैनन्। अस्पताल प्रशासनसँग छलफल भए पनि माग पुरा नभएको पीडितको गुनासो छ। 

मृतकका श्रीमान शिवराज भट्टराईले सोमबार राती भएको छलफलमा मंगलबार बिहान ८ बजेसम्म छानबिन समिति गठन गर्ने भनिएपनि समिति गठनमा बेवास्ता गरिएपछि मृतको शव उठ्न सकेको छैन्।

अस्पतालमा शिशु र आमाको शव राखिएको छ तर सम्वन्धित अधिकारी अस्पतालमै नआएको उनको गुनासो छ।