शरीरमा प्रोटिनको कमी हुँदा देखिने लक्षण

शरीरमा प्रोटिनको कमी हुँदा देखिने लक्षण

एजेन्सी। प्रोटिन शरीरमा हड्डी तथा मांसपेशीहरूलाई बलियो बनाउनका लागि एकदमै आवश्यक हुन्छ । प्रोटिन हाम्रो शरीरका कोशिकाहरू निर्माण गर्नका लागि पनि एकदमै जरुरी हुन्छ । यस्तोमा शरीरमा प्रोटिनको कमी हुँदा कस्ता लक्षणहरू देखिन्छन् भनेर जान्ने कोसिस गरौं ।

– शरीरमा प्रोटिनको कमी हुँदा हातखुट्टा तथा पेट सुन्निने जस्तो समस्या देखिन्छ । यस्तो समस्यालाई एडीमा पनि भनिन्छ ।

– शरीरमा प्रोटिनको कमी हुँदा कपाल झर्ने तथा पातलो हुन थाल्छ । यसको कमीले छाला सुख्खा हुने तथा नङहरूमा धर्साहरू आउने पनि हुन्छ ।


– शरीरमा प्रोटिनको कमी हुँदा मांसपेसीहरू कमजोर हुन्छन् र तपाईं एकदमै थकान महसुस गर्न सक्नुहुन्छ ।

– जो व्यक्तिको शरीरमा प्रोटिनको कमी हुन्छन्, शरीरमा लागेर चोट, घाउहरू निको हुन समय लाग्छ । साथै, रगत पनि धेरै बग्ने गर्दछ ।

– शरीरमा प्रोटिनको कमीले कमजोरी महसुस हुन थाल्छ । हरेक समय थाकेको महसुस भइरहन्छ ।

– प्रोटिनको कमीले फ्याटी लिवरको समस्या पनि देखिन सक्छ । जसले गर्दा लिवरमा गम्भीर असर पनि पर्न सक्छ ।

– शरीरमा प्रोटिनको कमीले मांसपेशीहरू दुख्ने समस्या हुन थाल्छ । यो एकदमै गम्भीर समस्या हो ।