दारी ग्याङ धनगढीद्धारा नयाँ बर्षको  शुभकामना आदानप्रदान

दारी ग्याङ धनगढीद्धारा नयाँ बर्षको  शुभकामना आदानप्रदान

धनगढी । सामाजिक कार्यमा सक्रिय दारी ग्याङ धनगढीले आउँदै गरेको नयाँ बर्ष २०८० सालको उपलक्ष्यमा शुभकामना आदान प्रदान गरेको छ । दारी ग्याङले मंगलबार धनगढीको वनदेवी मन्दिरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।

दारी ग्याङ धनगढीका अध्यक्ष अमित खड्काले नयाँ बर्षको अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै समाजमा युवाहरुलाई एकजुट बनाउनका लागी र एकआपसमा सहकार्य, सहअस्तित्व र मायाप्रेम बाढ्न कार्यक्रमको आयोजना गरेको बताए ।

कार्यक्रममा बास नेपालका प्रदेश संयोजक पाण्डव पुजाराले २०८० लाई युवाहरुको बर्ष बनाउन आवश्यक भएको बताए । उनले समाजमा हुने गरेका बिकृती, बिसंगती तथा  भ्रष्टाचारलाई अन्त्य गर्न युवाहरु  लाग्नुपर्ने र समाजमा सकरात्मक रुपान्तरणका लागी युवाहरु एकजुट हुनुपर्ने बताए ।

शुभकामना आदानप्रदान बास नेपाल, दारी ग्याङ धनगढी, र एकाउण्टबिलिटी ल्याबका प्रतिनिधी तथा विभिन्न क्षेत्रका युवाहरुको सहभागीता रहेको थियो ।