कोरोना अपडेट : १ सय ६ जना संक्रमित थपिए, १ जनाको मृत्यु

कोरोना अपडेट : १ सय ६ जना संक्रमित थपिए, १ जनाको मृत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टा १ सय ६ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा २४ सय ३६ जनाको नमुना परिक्षण गर्दा १ सय ६ जनामा कोरोना संक्रमण पुष्टी भएको जनाएको छ।

पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु हुँदा ४८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

देशभर पछिल्लो २४ घण्टामा ४२४९७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

यस्तै, हालसम्म देशभर ४ सय ६९ जना सक्रिय संक्रमित रहेका छन्।