विपद व्यवस्थापन सम्बन्धि दुई दिने अभिमुखिकरण

विपद व्यवस्थापन सम्बन्धि दुई दिने अभिमुखिकरण

धनगढी । कैलालीमा वडा स्तरीय विपद् व्यवस्थापन समितिका सदस्यहरुलाई विपद व्यवस्थापन सम्बन्धि दुई दिने अभिमुखिकरण तालिम भएको छ ।

दिगो विकास समाज भजनी कैलाली र वल्र्ड भिजन इन्टरनेशल नेपालको साझेदारीमा संचालित पोषण तथा उत्थानशिल जिविकोपार्जन परीयोजना अन्र्तगत मंगलबार र बुधबार अभिमुखिकरण तालिम भएको हो ।

जिल्लाको घोडाघोडी नगरपालिकाको वडा नम्बर ५, ११, १२ तथा कैलारी गाउपालिका वडा नम्बर ८ मा विपद् व्यवस्थापन समितिका सदस्यहरुलाई अभिमुखिकरण गरिएको जनाइएको छ ।दिगो विकास समाज भजनीका अध्यक्ष्य रामबहादुर सुनारको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिति घोडाघोडी नगरपालिक नगर प्रमुख खड्ग बहादुर रावत रहेका थिए ।

नगर प्रमुख रावतले यो कार्यक्रम विपद पूर्व सन्ध्यामा राखिएकोमा आयोजकलाई धेरै–धरै धन्यावाद व्यक्त गरे । उनले अवको विकास माग गर्दा विपद व्यवस्थापन सम्बन्धी पनी योजनामा जोड दिनु पर्ने जानकारी गराए ।

सहभागीको तर्फ प्रयागी लाल चौधरी र सुमति चौधरीले तालिम निकै सिकाई पूर्ण रहेको जानकारी दिए ।
कार्यक्रममा वल्र्डभिजन इन्टरनेशल नेपालका प्रतिनिधि दिलिपचन्द ढकाल, दिगो विकास समाज भजनीका परीयोजना अधिकृत प्रभु ढकाल, प्रशिक्षक लोक राज जोशी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम समितिका सदस्य २५ जनाको सहभागीता रहेको थियो ।