कैलालीमा सुत्केरी मृत्यु प्रकरणः सहमतिपछि आफन्तले बुझे शव

कैलालीमा सुत्केरी मृत्यु प्रकरणः सहमतिपछि आफन्तले बुझे शव

धनगढी। कैलालीको मालाखेती अस्पतालमा मृत्यु भएकी सुत्केरीको परिवार र अस्पतालबिच सहमति भएको छ  ।  गोदावरी नगरपालिका वडा नम्बर ३ मा रहेको अस्पतालमा सोही नगरपालिका वडा नम्बर २ अत्तरिया बस्दै आएकी २८ बर्षिया लक्ष्मी भट्टराईको  सोमबार मृत्यु भएको थियो ।

बुधवार इलाका प्रहरी मालाखेतीमा पीडित पक्ष, गोदावरी नगरपालिकाका जनप्रतिनिधि  छानबिन समितिबिच सहमति भएपछि आफन्तले महिला र शिशुको शव बुझेका हुन् ।

नवजात शिशुसहित मृत्यु भएकी भटराईको परिवारलाई पाँच लाख रुपैयाँ दिने एक सन्तानलाई आवाससहितको माध्यमिक शिक्षासम्मको अध्यापन  गर्ने सहमति भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । 

मृतकका आफन्तहरूले डाक्टरहरूको लापरबाहीका कारण लक्ष्मीको मृत्यु भएको भन्दै आन्दोलित भएका थिए ।