राष्ट्रिय सभाको बैठक स्थगित

राष्ट्रिय सभाको बैठक स्थगित

काठमाडौँ । बिहीबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक स्थगित गरिएको छ ।

आज दिउँसो १ बजेका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक विशेष कारणवश स्थगित गरिएको संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिए ।

उनका अनुसार स्थगित बैठक ४ वैशाख सोमबार दिउँसो १स्०१ बजे बस्नेछ ।