अत्तरियाको दुर्गालक्ष्मीमा क्यान्टीन निर्माण सुरु

अत्तरियाको दुर्गालक्ष्मीमा क्यान्टीन निर्माण सुरु

धनगढी । कैलालीको गोदावरी नगरपालिकामा रहेको एकमात्रै क्याम्पस दुर्गालक्ष्मीमा क्यान्टिन निर्माण कार्य सुरु भएको छ । नगरपालिकाले आफ्नै लगानीमा क्यान्टिन निर्माण सुरु गरेको हो ।

नगरपालिकाको २५ लाख लगानीमा उपभोक्ता समिति मार्फत क्यान्टिन निर्माणको काम भैरहेको छ । आजदेखी निर्माण सुरु भएको क्यान्टिनको नगरप्रमुख विरेन्द्र भट्टले शिलान्यास गरे । विद्यार्थीहरुको सहजताका लागी नगरपालिकाले क्यान्टिन निर्माण गरिरहेको नगरप्रमुखको सचिवालयले जनाएको छ । नगरकै एकमात्र क्याम्पस भएपनि हालसम्म दुर्गालक्ष्मीको आफ्नै क्यान्टिन छैन ।

नगरपालिकाको आर्थिक सहयोगका कारण क्याम्पसमा वर्षौपछि क्यान्टिन निर्माण भैरहेको क्याम्पस प्रमुख डाक्टर डम्बर पालले जानकारी दिए । उनले हाल क्यान्टिन निर्माणको कामको जिम्मा नगरपालिकाले नै लिएको र निर्माण सम्पन्न भएपश्चात उक्त क्यान्टिन नगरपालिकाले क्याम्पस प्रशासनलाई हस्तान्तरण गर्नेछ । उक्त क्यान्टिन १५ पिल्लरको पक्कि बन्ने क्याम्पस प्रमुख पालले बताए ।

यसैबिच क्याम्पसमा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान तथा नयाँ विद्यार्थीलाई स्वागत कार्यक्रम आयोजना गरिएको छ ।क्याम्पसमा भरखरै निर्वाचित स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० को टिमले क्याम्पसमा उक्त कार्यक्रम आयोजना गरेको हो । स्ववियु सभापति भुवन महराको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख भट्ट रहेका थिए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख भट्टले लामो समय आफुले क्याम्पसको समितिमा रहेर काम गरेकाले यसको विकासका लागी आफु कटिबद्ध रहेको बताए । उनले २०६३ सालमा क्याम्पसको स्थापना गर्दै गर्दा दुर्गालक्ष्मी माविको भवनमा क्याम्पस सञ्चालन गर्नुपरेको बताए । उनले क्याम्पससँग जमिन, भवन केही नहुँदा समस्या हुन थालेपछि क्याम्पसका लागी जमिनको जोहो गरेर भवन निर्माण गरिएको बताए । सबैको सहयोगले नै हाल क्याम्पसलाई डिग्रि सम्म अध्यापन गर्न सक्ने व्यवस्था गर्न सकिएको उनले बताए ।

कार्यक्रममा विद्यार्थीहरुले आफ्ना विभिन्न प्रस्तुतीहरु प्रस्तुत गरेका थिए । स्ववियु उपाध्यक्ष झपि जोशीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन स्ववियु सचिव बम विश्वकर्माले गरेका थिए ।