२०८०/८१ का लागी योजना तर्जुमा गर्दा अपाङ्गता भएका व्यक्तिहरुको समस्या हल हुनेगरी भूमिका खेल्ने निर्णय

२०८०/८१ का लागी योजना तर्जुमा गर्दा अपाङ्गता भएका व्यक्तिहरुको समस्या हल हुनेगरी भूमिका खेल्ने निर्णय

धनगढी । धनगढीमा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुको सारथी बन्दै गइरहेको छ । कैलालीको धनगढी उप-महानगरपालिकामा राष्ट्यि मानसि स्वास्थ्य स्वावलम्बन संगठन कोशिशले उपमहानगर क्षेत्र भित्रका मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुको पुनरस्थापना तथा सहजता लगायतका सवालमा निरन्तर आफ्ना कदमहरु चालिरहेको हो । 
कोशीशले मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकार, नीतिगत संलग्नता, सामाजिक समाबेशीकरण तथा स्वपैरवि मार्फत मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्ने क्रममा बुधबार र विहिबार दुई दिने बैठक सम्पन्न गरेको छ । 
जस अन्तरगत पहिलो दिन बुधबार सहयोगी साथी समुह संग संयुक्त बैठक चलाएको छ । उक्त कार्यक्रममा पाँच वटा सहयोगी साथी समूहका अगुवाहरु र धनगढीकै विभिन्न वडाबाट मनोसामाजिक अपाङ्गतामा रहेका व्यक्तीहरु को सहभागीता रहेको थियो । 
यस्तै, कोशीशकी समुदाय अभियान कर्ता सरिताले सञ्चालन गरेको बैठकमा कार्यक्रमको उदेश्य, मनोसामाजिक अपाङ्गता सम्बन्धी बजेट तथा कार्यक्रम माग सम्बन्धी कोशिश परियोजना अधिकृत खडकराम ओडले गरेका हुन् । भने मनोसामाजिक अपाङ्गतामा रहेका व्यक्तिहरुले भोगीरहेका समस्या र  तनाव व्यवस्थापनका शिपहरु बारे छलफल कोशिशिकै मनोविमर्शकर्ता पशुपति खातीले गरेकी थिईन्। 
त्यस्तै, बैठकमा अपा∙ता अधिकार र परिचय पत्र प्राप्त गर्ने प्रकृयाबारे प्रकाश राष्ट्यि अपाङ्गमहासंघ सुदूरपश्चिम प्रदेश सचिव नन्दराज भट्टले पारेका थिए । 
यसैगरी, दाश्रो दिन अर्थात विहिबार कोशीशले अपाङ्गता अधिकार सम्बन्धी अभिभावक, स्याहारकर्ता तथा समुदायका अगुवाहरु संग कार्यशाला बैठक तथा छलफल कार्यक्रम समेत सम्पन्न गरेको छ । 
उक्त कार्यक्रममा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिका अभिभावक, स्याहारकर्ता वडा सदस्यहरु र महिला स्वास्थ्य स्वयमसेविका लगायतका व्यक्तिहरुको उपस्थिति रहेको कार्यशाला बैठक तथा छलफल कार्यक्रमको सञ्चालन कोशिशकै सामुदायीक अभियानकर्ता सरिताले गरेकी थिईन भने कार्यक्रमको उदेश्य तथा स्वागत, मनोसामाजिक अपाङ्गता सम्बन्धी बजेट तथा कार्यक्रम माग सम्बन्धी छलफल परियोजना अधिकृत खडकराम ओडले गरेका थिए । 
त्यस्तै, अपाङ्गताबारे अवधारणा र अपाङ्गता अधिकार बारे बिस्तृत जानकारी राष्ट्यि अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेश सचिव नन्दराज भट्टले दिएका थिए । भने कोशिशकै मनोविमर्शकर्ता पशुपति खातीले तनाव व्यवस्थापनका शिपहरु सिकाएकी थिइन् । 
उक्त बैठकले आर्थिक वर्ष २०८०-८१ का लागी योजना तर्जुमा प्रकृयाका बेला आ-आफ्नो वडामा अपाङ्गता भएका व्यक्तिको जिविकोपार्जन सुधार कार्यक्रम तथा बजेट माग गर्न खाफ्नो टोलमा भूमिका खेल्ने समेत निर्णय गरेको छ ।