गायक राजा राजेन्द्र धनाडीको तिज गित ‘उहिलेका कुरा’ गितको म्युजिक भिडियो सार्बजनिक (भिडियो सहित)

गायक राजा राजेन्द्र धनाडीको  तिज गित ‘उहिलेका कुरा’ गितको म्युजिक भिडियो सार्बजनिक (भिडियो सहित)

धनगढी : लोक गायक राजा राजेन्द्र धनाडीले हिन्दु नेपाली महिलाहरुको महान चाड हरितालिका तिजको अबसरमा नया तिज गित ‘उहिलेका कुरा’ बजारमा ल्याएका छन । 

यूट्यूवमा सार्वजनिक भएको एक हप्तामा उक्त भिडियोलाई ७० हजार भन्दा बढीले हेरिसकेका छन । 

लगातार एक पछि अर्को गर्दै लोक सङगित क्षेत्रमा सङघर्षरत गायक राजा राजेन्द्रले भर्खरै उक्त गितको म्युजिक भिडियो सहित सार्बजनिक गरेका छन ।

भिडियो हेर्नका लागि तलको लिङमा क्लिक गर्नुहोस : https://www.youtube.com/watch?v=PeuZIkVB7Ao&feature=youtu.be

पछिल्लो समय सङगित जगतमा लोक, पप, आधुनिक लगायत थुप्रै बिधामा अब्बल सुमधुर स्वरकी धनी गायिका सुनितामी परियार र गायक राजा राजेन्द्र धनाडीको आवाज रहेको उक्त गितमा सर्जक मधुसुदन डाङीको शब्द छ भने हरि थापाले सङगित गरेका छन । 

निशान एस. के. ले निर्देशन र सागर गौतमले छायांकन गरेको उक्त म्युजिक भिडियोलाइ प्रकाश एस. के. ले सम्पादन गरेका छन ।

भिडियोमा चर्चित मोडेल अन्जली अधिकारी र अरुन परियारको दमदार अभिनय रहेको छ ।

उक्त म्युजिक भिडियो लाइ वन वे फिल्मस प्राली काठमाडौ ले बजार ब्यबस्थापन गरेको छ ।