देशभर थप १३६ जनामा कोरोना संक्रमण

देशभर थप १३६ जनामा कोरोना संक्रमण

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ४२४ नमुना परीक्षण गर्दा १३६ जनामा कोरोना पुष्टि भएको हो। बिहीबार १०६ जनामा संक्रमण देखिएको थियो।

आज १९७ जनाको पीसीआर परीक्षण गर्दा ३४ जनामा र एक हजार २२७ जनाको एन्टिजन परीक्षण गर्दा १०२ जनामा संक्रमण देखिएको हो।

त्यस्तै, ६८ जना निको भएका छन्। योसँगै सक्रिय संक्रमितको संख्या ४०१ पुगेको छ।

संक्रमितको संख्या बढेसँगै गम्भीर बिरामीको संख्या पनि बढ्दै गएको छ। संक्रमितमध्ये ११ जनाको आईसीयूमा र तीन जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।