घुम्न गएका युवकको पाल्पाको भुतखोलामा डुबेर मृत्यु

घुम्न गएका युवकको पाल्पाको भुतखोलामा डुबेर मृत्यु

पाल्पा । पाल्पाको भुतखोलामा डुबेर एक युवकको मृत्यु भएको छ। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका १२ बेलहियाका २० वर्षीय शिवम जैसवालको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

शिवम आफ्ना साथीहरुसँग पाल्पाको तिनाउ गाउँपालिका ३ भुतखोला स्थित पोखरीमा घुम्न गएका थिए।

उनी अचानक चिप्लीन गइ भुतखोलाको रहमा डुबेका थिए। तत्काल उद्दार गरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएकोमा शिवमलाई चिकित्सहरुले मृत घोषणा गरेको पाल्पाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्र थापाले जानकारी दिए।