कोभिड संक्रमित महिलाको मृत्यु

कोभिड संक्रमित महिलाको मृत्यु

धनगढी । धनगढीस्थीत सेती प्रादेशिक अस्पतालमा एक जना कोभिड संक्रमित महिलाको मृत्यु भएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले बताए । 

उनको आइतवार बिहान साढे ८ बजे तिर अस्पतालमै मृत्यु भएको हो ।

मुटुको बिरामी भएकी महिलामा गत चैत २६ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।