गुजरातलाई हराउँदै राजस्थान आइपिएलको शीर्षस्थानमा

गुजरातलाई हराउँदै राजस्थान आइपिएलको शीर्षस्थानमा


काठमाडौँ । कप्तान सञ्जु सामसन र शिम्रोन हेटम्यरको अर्धशतकमा राजस्थान रोयल्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ।

इन्डियन प्रिमियर लिगको २३ औं खेलमा राजस्थानले गुजरातलाई तीन विकेटले हराएको हो। 

जितका लागि गुजरातले दिएको १७८ रनको लक्ष्य राजस्थानले चार बल बाँकी छँदा ७ विकेट गुमाएर भेटाएको थियो।

दोस्रो ओभरमै ओपनर यशवी जैसवाल गुजरातका कप्तान हार्दिक पाण्ड्याको बलिङमा क्याच आउट भएका थिए। 

अघिल्ला खेलहरूमा उत्कृष्ट ब्याटिङ गरेका जोस बट्लर गुजरातविरूद्धको खेलमा शून्य रनमै आउट भएपछि राजस्थानमाथि केही दबाब परेको थियो। 

तर, देवदत्त पाडिकल र कप्तान सन्जु सामसनले उत्कृष्ट साझेदारी गर्दै टिमलाई खेलमा फर्काएका थिए।  

पाडिकललले  २५ बलमा २ चौका र २ छक्का प्रहार गर्दै २६ रनको योगदान गरे।

सामसनले  ३२ बलमा ३ चौका र ६ छक्का प्रहार गर्दै ६० रनको योगदान गर्दै टोलीलाई जिततर्फ उन्मुख गराए। 

ल्अभिि
कप्तान सामसनको विकेटपछि क्रिजमा आएका शिम्रोन हेटम्यरले अर्धशतक बनाएपछि राजस्थानको जित सुनिश्चित भएको हो।

हेटम्यरले २६ बलमा  २ चौका र ५ छक्काको विस्फोटक ब्याटिङ गर्दै नटआउट ५६ रन बनाए। 

त्यस्तै ध्रुव जुरेल र रविचन्द्रन आश्विनले १८ र १० रन बनाए। 

बलिङतर्फ गुजरातका मोहम्मद शामीले तीन विकेट लिए। रसिद खानले २ विकेट लिँदा अल्जारी जोसेफ र नूर अहमदले एक–एक विकेट लिए। 

अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७७ रन बनाएको थियो। 

गुजरातका लागि डेभिड मिलरले ४६ रन बनाए। उनले ३० बलमा ३ चौका र २ छक्का प्रहार गरे। 

त्यस्तै शुभमन गिलले ३४ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ४५ रनको योगदान गरे। 

अविनभ मनोहरले २७ रन बनाउँदा कप्तान हार्दिक पाण्ड्याको २८ र साई सुदर्शनको २० रनको योगदान रह्यो। 
ओपनर ऋद्धिमन साह ४ रनमै आउट भएका थिए। 

बलिङतर्फ राजस्थानका सन्दीप शर्माले दुई विकेट लिँदा ट्रेन्ट बउल्ट, एडम जम्पा र युजवेन्द्र चाहलले एकएक विकेट लिए। जितसँगै राजस्थान रोयल्य ८ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ।