६ फिट अग्ली मोडलको यस्तो गुनासो

६ फिट अग्ली मोडलको यस्तो गुनासो

सुन्दर अनुहार, अग्लो सरीर तथा सुडौल जिउडाल ‍‍‍‘। जो कोहीको चाहना हुन्छ । तर एक युवतीका लागि चाहीँ उनको सरीरको उचाइँ नै दुखको कारण बनेको छ ।

६ फिट २ इन्च अग्ली ती सुन्दरी मोडलले आफू अत्यधिक अग्लो भएकै कारण हालसम्म ब्वायफ्रेण्ड पाउन नसकेको दाबी गरेकी छिन् ।

उनको नाम म्यारी तेमारा हो । अमेरिकाको फ्लोरिडामा बस्ने २८ वर्षीया म्यारी पेसाले मोडल हुन् । आफूसँग ठ्याक्कै मिल्ने जिवनसाथीको खोजीमा रहेको उनी बताउँछिन् । तर आफ्नो अग्लो सरीर अनुसारको जोडा खोज्नका लागि भने उनले निकै संघर्ष गरिरहनु परेको छ ।

६ फिटभन्दा अग्लो जिउडालका कारण उनका लागि कसैसँग डेटिंग जाने कुरा त लगभग असम्भव नै बनेको छ ।

म्यारीले बताए अनुसार एकपटक उनले डेटिंग साइटमा ६ फिट ३ इन्च अग्लो केटा फेला पारिन् । तर जब उनी त्यो केटालाई भेट्न गइन्, ऊ त जम्मा ५ फिट ११ इन्चको रहेछ । उसले डेटिंग साइटमा आफ्नो उचाइँको बारेमा गलत विवरण लेखेको रहेछ ।

अग्लो सरीरका कारण म्यारी ट्रोलको सिकार पनि हुनुपरेको छ । आफुले कहिल्यैपनि ब्वायफ्रेण्ड पाउन सक्दिन भनेर मानिसहरुले आफुलाई जिस्काउने गरेको उनको गुनासो छ ।

कुनैपनि जोडीमा केटीको भन्दा केटाको सरीर अग्लो हुनैपर्ने मान्यता मानिसहरुमा रहेको र आफुले त्यो रुढीग्रस्त सोँचलाई तोड्न चाहेको म्यारी बताउँछिन् ।

त्यसैले उनले अहिले आफुभन्दा होँचो केटासँग डेट सुरु गरेकी छिन् । उनी भन्छिन्, ‘म कुनैपनि उचाइँको केटासँग डेटका लागि तयार छु । अग्लो वा होँचोले कुनै फरक पार्दैन।’