बाजुरामा भूकम्पको धक्का महसुस

बाजुरामा भूकम्पको धक्का महसुस

बाजुरा । बाजुरामा सोमबार दिउँसो भूकम्प गएको छ । बडिमालिकामा केन्द्रबिन्दु बनाएर ४ बजेर १ मिनेटमा भूकम्प गएको हो । 

कम्प मापन केन्द्र सुर्खेतका अनुसार बडिमालिका नगरपालिकाको जुगाडा केन्द्रबिन्दु बनाएर ३.६ रेक्टर स्केलको भूकम्प गएको हो । 

गत माघ १० गतेपछि बाजुरामा पटक पटक भूकम्प जाने गरेको छ ।