देशका ३१ जिल्लाका ६४ ठाउँमा डढेलो

देशका ३१ जिल्लाका ६४ ठाउँमा डढेलो

काठमाडौँ ।  देशका ३१ जिल्लाका ६४ ठाउँमा अहिले पनि डढेलो लागिरहेको छ । सबैभन्दा धेरै चितवनका १२ ठाउँमा डढेलो लागेको छ ।
बर्दियाका ४, बाँके, दाङ र प्युठानका तीनरतीन ठाउँमा डढेलो लागेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।  यस्तै, धादिङ, डोटी, काभ्रे, कैलाली, कपिलवस्तु, मकवानपुर, ओखलढुङ्गा, पाल्पा, पर्सा, रुपन्देही र सिन्धुलीका दुई/दुई ठाउँमा डढेलो लागेको छ ।

यस्तै, उदयपुर, सल्यान, रामेछाप, पर्वत, नुवाकोट, नवलपुर, महोत्तरी, लमजुङ, कास्की, कञ्चनपुर, गुल्मी, दैलेख, डडेल्धुरा र अछामका एकरएक ठाउँमा डढेलो लागेको वन मन्त्रालयको तथ्याङ्कले देखाएको छ । मध्य र पूर्वी नेपालमा केन्द्रित रहेको डढेलो पछिल्ला दिनमा पश्चिम नेपालसम्म फैलिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार तराईदेखि मध्य पहाडी वनजङ्गलसम्ममा डढेलो लागेको छ ।  प्राधिकरणका उपसचिव एवम् डढेलोविद् सुन्दर शर्माका अनुसार कतिपय जङ्गलमा लागेको डढेलो बस्तीमा पुग्ने जोखिमसमेत बढेको छ ।

नेपालमा यस वर्ष तुलनात्मक रूपमा डढेलोको जोखिम बढी रहेको पनि शर्माले बताउए । हिउँदमा पानी कम परेको र गएको वर्ष कम डढेलो लाग्दा जङ्गलमा इन्धन बढी भएकोले यो वर्ष जोखिम बढी भएको उनले बताए।

यस्तै, डढेलोका प्रायः सबै घटना मानवीय कारणले हुने गरेका छन् । केही दुर्घटनावश भए पनि धेरैजसो घटना लापारबाहीका कारण हुने गरेका छन् । झन्डै ६५ प्रतिशत डढेलो त मानिसले जानीजानी लगाएको आगोबाट हुने भएकोले स्थानीयवासी सचेत हुनुपर्ने डढेलोविद् शर्माले बताए ।